काठमाण्डौ । नेपाली राजनिती अस्थिरताका कारण रोजगारिको खोजिमा  हिन्दुहरुको महान पर्व दशैं घरघरमा भित्रिरहेका बेला पनि वैदेशिक रोजगारीका लागि युवाहरु बिदेशिनु परेको छ । २०८१ असोजमा परेको दशैं नमनाइ यसै महिनाको २२ गतेसम्म ५५ हजारले देश छाडेका छन् ।Screenshot_2024_1010_180723

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो । टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।Screenshot_2024_1010_180709

OM Sai Pathibhara Hospital

दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ ।