एजेन्शी  ।  अमेरिकाको फ्लोरिडा राज्यको सिएस्टाकी सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । आधिका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो १ हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।

मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तूफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजूद यो धेरै खतरनाक छ। आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरिडाका करिब १० लाख मानिसका घर बिजुलीविहीन भएको छ।

२० लाख मानिस बाढीको जोखिममा छन् । अवस्था यति बिग्रिएको छ कि कतिपय क्षेत्रमा जनताको सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको छ । फ्लोरिडाका धेरै सहरमा आपतकाल लगाइएको छ । 

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी ‘मिल्टन’ का कारण झन्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिएको छ । फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको हो । आँधीले बिजुली आपूर्तीमा समस्या भएको छ ।

‘मिल्टन’ आँधी शत्तिशाली रहेको हुँदा यसले ठूलो बाढी र तीब्ररुपमा हावा ल्याउन सक्ने आँकलन गरिएको बीबीसीले जनाएको छ । यो आँधी सय वर्षयताकै खराब हुने अमेरिकाको मौसम विभागले चेतावनी दिएको छ ।

मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि नै ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनी दिइएको र ती क्षेत्र धेरैजसो खाली भइसकेका खबरमा उल्लेख छ । फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि ‘हेलेन’ नामको अर्को आँधीले क्षति गरेको थियो । हेलेन आँधीले अमेरिकाका छ वटा राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाले ज्यान गुमाएका थिए ।