काठमाडौं— दशैं मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैं मनाउन गाउँ गएका छन्।

OM Sai Pathibhara Hospital

घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।

उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएको तथ्यांक छ। 

उनले भने, ‘बाढी पहिरोले राजमार्गहरू अवरूद्ध गरे पनि दशैं मनाउन गाउँ जानेहरूको झनै चाप बढ्दै गएको छ।’