मोरङ  ।   सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २० गते बेलुकी ६ बजे लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो भने अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ बर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार  क्याप्सुल सहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

 त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ बर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।