काठमाण्डौ  ।    कञ्चनपुरमा ८ लाख मूल्य बढीको भन्सार छलीको कपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–११, नमुना इटा भट्टा नजिक भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको ८ लाख ६ हजार १ सय रुपैयाँ बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद अर्यालको कमाण्डमा खटिएको सीमा पैदल गस्ती टोलीले सो सामान बरामद गरेको जनाएको छ ।