काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई विशेष प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उल्लेख गरे।

मन्त्री गुरुङले डिजिटल नेपाललाई सफल बनाउन टेलिकमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै डिजिटल पूर्वाधार विकासमा जोड दिए। उनले स्थानीय, प्रदेश, र केन्द्र सरकारको तिनै तहले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राख्दा नागरिकले सरकारी सेवामा सहज पहुँच पाउने बताए।

OM Sai Pathibhara Hospital

गुरुङले डिजिटल नेपालपछि सरकारी सेवा लिन १० ठाउँमा जानुपर्ने अवस्था अन्त्य हुने र भ्रष्टाचारको अन्त्यसमेत डिजिटल प्रणालीबाट सम्भव हुने बताएका छन्। उनले डिजिटल नेपाललाई सफल बनाउन सरकारी निकाय र टेलिकमको सहयोग अपरिहार्य रहेको औंल्याए।