काठमाडौं— अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताए ।