काठमाडौं–काठमाडौंको बुढानिलकण्ठ, कैलालीको लम्कीचुहा, तनहुँको म्याग्दे र सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार प्रहरीले २८ जनालाई पक्राउ गरेको छ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलमा जुवातास खेलिरहेका ३२ वर्षीय रुदिप ठकुरीसहित ११ जनालाई प्रहरीले रु ७९ हजार ९५० नगद र १ बुक ताससहित पक्राउ गरेको हो। 

OM Sai Pathibhara Hospital

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका-२ मा २५ वर्षीय अर्जुन डाँगीको घरमा ४० वर्षीय धनन्जय खनालसहित ८ जनालाई रु २७ हजार ७३० नगद र ६ गड्डी ताससहित पक्राउ गरिएको छ।

तनहुँको म्याग्दे गाउँपालिका-७ मा रहेको चौतारीमा जुवातास खेलिरहेका ५८ वर्षीय कृष्ण चन्द्र थापासहित ५ जनालाई रु २२ हजार ७२० नगद र १ बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको छ। 

सुनसरीको धरान उपमहानगरपालिका-१५ मा ३२ वर्षीय किसन घिमिरेसहित ४ जनालाई गए राति रु ४९ हजार ३१५ नगद, १३ बुक तास र ४ वटा मोबाइलसहित पक्राउ गरिएको हो। प्रहरीले चारै घटनाको अनुसन्धान गरिरहेको छ।