काठमाडौं– केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने क्रममा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ। प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ मा पहिरोले पुरिएको क्षेत्रको उद्धारका क्रममा निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यसैगरी, अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका-१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहँदा ज्यान गएको जानकारी प्राप्त भएको छ। वतन नखुलेका एक जना भूपू हवल्दार पनि बाढीपहिरोमा निधन भएको जनाइएको छ । 

OM Sai Pathibhara Hospital

बाढीपहिरोका घटनालगत्तै नेपाली सेनाले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत सामग्री वितरण कार्यमा सक्रियताका साथ काम गर्दै आएको जनाएको छ ।