काठमाडौं– हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७,१२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको छ र अवरुद्ध राजमार्ग मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।