काठमाडौं–प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत र अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । 

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुवैको नाम अनुमोदन गरेको हो। राउत र यादवको बुधबार नै सुनुवाइ भएको थियो। सुनुवाइ सकिएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।