काठमाडौं–देशभरका मुख्य राजमार्गहरू प्रभावित भएपछि सरकारले रात्रिकालीन हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । घटस्थापनादेखि कोजगत पूर्णिमासम्म (असोज १७ देखि ३० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनेछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिहान ४:३० बजेदेखि राति आवश्यकताअनुसार अपरेशन समय थप्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । बाढी, पहिरो र चाडपर्वका कारणको हवाई चापलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो ।

OM Sai Pathibhara Hospital

असोज १३ गते, मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरूले तीन दिनका लागि अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमति गरेका थिए । यसका लागि सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन सहमति भएको छ । 

अविरल वर्षाले देशभरका अधिकांश सडक र राजमार्गहरू अवरोध गरिसकेको छ, र अवरुद्ध सडकहरू छिट्टै खोल्न कठिनाइ भइरहेको छ ।