काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका उपसचिव डा. डिजन भट्टराईका अनुसार भारी वर्षाको जोखिम असोज १८ गतेसम्म कायम रहनेछ। उनका अनुसार असोज १० देखि परेको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको छ, जसले गर्दा सानो वर्षा पनि ठूलो पहिरो र अचानक बाढीको जोखिम निम्त्याउन सक्छ ।

OM Sai Pathibhara Hospital

प्राधिकरणले यात्राका क्रममा सावधानी अपनाउन पनि आग्रह गरेको छ। ठूला वर्षा हुँदा सुरक्षित स्थानमा सवारी रोकी यात्रा गर्न र जोखिम देखिएमा सावधानी अपनाउनु पर्ने जानकारी दिइएको छ । साथै, पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि अनुरोध गरिएको छ ।

Suchana 1