सुनसरी— जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ। आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ, विशेषगरी पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा क्षेत्रमा ७२.७ मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। 

धरानस्थित मौसम पूर्वानुमान शाखाका प्रमुख रुद्रबहादुर परियारले सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा अहिले पनि भारीदेखि मध्यम वर्षा भइरहेको जानकारी दिएका छन्। 

OM Sai Pathibhara Hospital

विभागले आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सर्दु, खर्दु, सुनसरी, बूढी खोला लगायतका स–साना खोलानालामा आकस्मिक बाढीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।