काठमाडौं— गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको भन्दै सम्बद्ध अधिकारीहरूलाई सतर्क रहन निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई आधार मान्दै, उनले तीनवटै सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका सुरक्षा संयन्त्रहरू र स्थानीय तहहरूलाई आज निर्देशन दिएका हुन्।

OM Sai Pathibhara Hospital

महाशाखाले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित जोखिमबाट बच्न नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। गृहमन्त्री लेखकले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिँदै, गृह मन्त्रालयमा तयारी अवस्थामा रहन भनेका छन्।

यसअघि आएको बाढी र पहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध गरेको उल्लेख गर्दै, यात्रा गर्दा सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन्।