काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । 

युरोपियन युरोको खरिद दर १४९ रुपैयाँ ७५ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा छ भने, युके पाउण्ड स्टर्लिङको खरिद दर १७९ रुपैयाँ ३७ पैसा र बिक्री दर १८० रुपैयाँ १७ पैसा निर्धारण भएको छ । 

OM Sai Pathibhara Hospital

अन्य मुद्राहरूमा अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाललगायतका दरहरू पनि निर्धारण गरिएका छन् । साथै, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनारको विनिमय दरहरू पनि तोकिएको छ । 

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकले तोकेको विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जानकारी दिएको छ ।


1th