काठमाडौं – नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा तोकिएको छ । स्वीस फ्रयाङ्कको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायतका मुद्राहरूको विनिमय दर समेत आज निर्धारण गरिएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र यसलाई केन्द्रीय बैंकले आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ ।