काठमाडौं – राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जानकारी गराइएको छ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (११ र १२ गते) रात्रीकालीन बस चलाउन नपाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको हो। साथै, प्राधिकरणले धान नकट्न र यदि काटिसकेको छ भने तुरन्त थन्काउन पनि आग्रह गरेको छ। तराई मधेश क्षेत्रका लागि सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि सिफारिस गरिएको छ।