बाजुरा – स्वामीकार्तिक खापर गाउँपालिका-३ बाट दुई थान भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन्, दुवै सोही गाउँपालिकाका बासिन्दा हुन्।

धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले धिरेन्द्रको घर नजिकैको ओढारबाट एक थान र रमेशको गोठबाट अर्को थान भरूवा बन्दुक बरामद गरेको हो। 

OM Sai Pathibhara Hospital

प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।