काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सर्लाही मलंगवा नगरपालिका-६ का खालिक खान पक्राउ परेका छन्।
काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ मा बस्दै आएका ३१ वर्षीय खालिकले एक पीडितबाट ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।
खानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।






































