काठमाडौं– ठगी र जबरजस्ती करणी सम्बन्धी कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय कबिर बुढाथोकी, र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की रहेका छन्। उनीहरूलाई बुधबार नेपाल फिर्ता ल्याइएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट भुपेन्द्र बोहोरा विरुद्ध २०७९ जेठ १६ गते रेड नोटिस जारी गरिएको थियो । यस्तै, कबिर बुढाथोकी र रोमन कार्की विरुद्ध क्रमशः २०७० साउन २४ र २०८१ असार १२ मा रेड नोटिस जारी गरिएको थियो ।

OM Sai Pathibhara Hospital

भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा र कबिर तथा रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धानका लागि बुझाइएको नेपाल प्रहरीले जानकारी दिएको छ ।