काठमाडौं– देशभरको प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानहरूमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान काठमाडौं फर्किएका छन् ।


OM Sai Pathibhara Hospital

काठमाडौंबाट सिमरा र विराटनगरका लागि उडेका यती एयरलाइन्सका विमानहरू आकाशमा मौसम प्रतिकूल भएपछि अवतरण गर्न नसकी बीचबाटोबाटै फर्किएका हुन् । खराब मौसमका कारण आजका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) रद्द गरिएको छ ।


विशेष गरी काठमाडौं बाहिरका गन्तव्यहरू जस्तै विराटनगर र सिमरा उडानहरू प्रभावित भएका छन् भने काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान सामान्य रूपमा जारी रहेको छ ।


अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा देशभर प्रभाव पारिरहेको छ । यसले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ।