काठमाडौं – अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा पहिरो खस्दा यातायात ठप्प भएको छ । मकवानपुरको कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । बकैया गाउँपालिका–१२, घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सवारीसाधनको आवागमन रोकिएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको पुष्टि गरेको छ । 

यही समयमा, कर्णाली राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा बिहीबार बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरा खसेका छन् । पहिरो हटाउने र सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ ।