काठमाडौं– नेपाल प्रहरीका २४ जना कर्मचारी गैरहाजिर रहेका कारण उनीहरूलाई सात दिनभित्र स्पष्टीकरण दिनको लागि सूचनामार्फत खबर गरिएको छ । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक गरेको सूचनामा गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूले तोकिएको समयभित्र सन्तोषजनक कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) अनुसार खोजतलास प्रक्रिया पूरा भइसकेपछि पनि उनीहरू सम्पर्कमा नआएका कारण यो सूचना प्रकाशित गरिएको हो । सूचनामा उल्लेख भएअनुसार गैरहाजिर कर्मचारीहरूले सात दिनभित्र आफ्नो गैरहाजिरीको कारण स्पष्ट नगरे उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ । 

OM Sai Pathibhara Hospital

सूचनामा प्रमुख निरीक्षकदेखि विभिन्न तहका प्रहरी कर्मचारीहरू गैरहाजिर रहेको र उनीहरूमाथि नियमावलीको नियम ११३ अनुसार कारबाही हुनसक्ने चेतावनी दिइएको छ । प्रहरी प्रधान कार्यालयले यो सामूहिक सूचनाद्वारा गैरहाजिर कर्मचारीहरूलाई सेवाबाट हटाउन सक्ने कारबाहीका लागि अन्तिम मौका दिएको हो ।

Police