विराटनगर- विराटनगर महानगरपालिका-२ मुनालपथस्थित एक इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ । 

विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । 

OM Sai Pathibhara Hospital

दिउँसो करिब २ बजे सुरु भएको आगो करिब पौने ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण खुलेको छैन । मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो । 

आगोले पसल पूणर्रूपमा जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेट लगायतका तारहरू पनि जलेका छन् । 

राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारी आवगमन समेत केहीबेर प्रभावित भएको थियो ।