काठमाडौं- मनसुन सक्रिय भएपछि ५६ वटा जिल्लामा रेड अलर्ट जारी भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा बुधबार जारी गरेको अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा भारी वर्षा हुने प्रक्षेपण गरेको महाशाखाका मौसमविद गोविन्द झाले बताए ।

mansoon