काठमाडौं — नेपाल बार एशोसिएसनले न्यायपरिषद्‌ले संविधानको विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै बुधबार पनि विरोध प्रदर्शन गरेको छ । सेवा निवृत्त हुन लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधानविपरीत न्यायाधीश नियुक्तिको तयारी गरेको भन्दै बारले विरोध गरेको हो ।

नेपाल बार एसोसिएसनको कार्यालयमा कानुन व्यवसायीहरूले विरोध सभा गरेका थिए । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्याय परिषद्को असंवैधानिक कदमको विरोधमा निरन्तर प्रदर्शन र धर्ना कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । 

OM Sai Pathibhara Hospital

घिमिरेले न्यायपरिषदले बारको माग बेवास्ता गरेर न्यायाधीश नियुक्तिको सिफारिस भए न्यायाधीशहरूको बहिष्कार गर्नेलगायत थप आन्दोलन गर्ने चेतावनीसमेत दिए ।