काठमाडौं–प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन् । बुद्ध एयरले आफ्नो ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ ।

मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् । यस कारणले गन्तव्यमा पुग्न चाहने सयौँ यात्रु मौसमका कारण अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ ।