काठमाडौं–कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरीलाई मदिरा सेवन गरी प्रहरी आचरण विपरीत गतिविधिमा संलग्न भएको आरोपपछि हेडक्वाटर तानिएको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार ठकुरीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा जनक भट्टराईलाई पठाइएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई पनि लेनदेन विवादमा हेडक्वाटर सरुवा गरिएको थियो । उनलाई लालमणि आचार्यले मधेश प्रदेशमा प्रतिस्थापन गरेका थिए।