काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संरचना र नेताहरूको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको छ । १०औँ राष्ट्रिय महाधिवेशनमा सबै कमिटी विघटन गरिएपछि नयाँ पोलिटब्यूरो कमिटी चयन गरिएको छ ।

पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलले जिम्मेवारी वितरण गर्नेछ । यसपछि संगठन सुदृढीकरणका कार्यक्रम‚ भेला‚ र प्रशिक्षण सञ्चालन गरिनेछ ।