काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर ८ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् । फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । 

OM Sai Pathibhara Hospital

हिरासतबाट भागेका ९ जनामध्ये १ जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए।