काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा भएको भेटपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदी चाँडै नेपाल भ्रमणमा आउने बताएकी छन् ।

उनीहरूबीचको भेट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा टोते न्यूयोर्क प्यालेस होटलमा भएको थियो । दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत पनि सहभागी थिए ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओलीले भेटलाई सकारात्मक बताउँदै दुई देशबीचको सहकार्य अझै सुदृढ हुने विश्वास व्यक्त गरे । अब मोदीको नेपाल भ्रमणले कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ ।