काठमाडौं- पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप गरी हिरासत लगिएको छ।

आइतबार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौं बाट तीन दिन म्याद थप गरी स्वास्थ्य उपचार गर्न वीर अस्पताल लगिएको छ। त्यसपछि हिरासत लगिने प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।