काठमाडौं–संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। शनिबार उनले महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने कुरामा जोड दिए। महासचिवले हिमाल पग्लिएर भएको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय बनाउने आश्वासन दिए।

प्रधानमन्त्री ओलीले ‘द समिट अफ द फ्युचर’को सत्रमा सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन पनि गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आजै द्विपक्षीय भेटवार्ता हुने तालिका छ। यो भेटलाई नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफलका लागि महत्वपूर्ण मानिएको छ। 

OM Sai Pathibhara Hospital

आइतबार नेपाली समुदायसँग अन्तरक्रिया र रात्रिभोजको कार्यक्रम छ। सोमबार ‘लिड–फ्री फ्युचर’ कार्यक्रम र कोलम्बिया विश्वविद्यालयमा ुनेपालको प्रजातन्त्र र आर्थिक समृद्धिु विषयमा सम्बोधन गर्नेछन् । 

मंगलबार युरोपेली परिषद् अध्यक्ष चाल्र्स मिचेल, सामोआका प्रधानमन्त्री र फिनल्याण्डका राष्ट्रप्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता हुने छ। बुधबार एमसिसी प्रमुख एलिस अलब्राइट र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता हुनेछ।

बिहीबार कतार, पाकिस्तान र लाओसका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता र महासभामा विशेष सम्बोधन गर्नेछन् । शुक्रबार हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको परिप्रेक्ष्य: संक्रमणकालीन न्यायदेखि जलवायु न्याय’ विषयमा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कनेछन्।