मोरङ । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको छ ।

तस्करीको कपडा रहेको बिशेस सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार छापा हानेको हो ।  कोइराला नेतृत्वको टोलिले २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

काठमाण्डौ पठाउन ठिक्क पारिएको कपडा बरामद गरिएको हो। बरामद गरिएका कपडा भारतबाट मोरङको आमबारी र नोचा नाकाबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको हो ।

तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ । बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको राजस्व कार्यलयले बताएको छ । व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइको छ। कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काट्ने गरेका रहेछन् । दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ । भ्याट बिल र भीसीटीएसको बिल बनाउने गरेको पाइएको छ। तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइएको छ। दुवै फार्म कपडाको कारोबारमा कतै जोडिदैनन् बिलमात्रै बेच्ने गरेको खुलेको छ । राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भीसीटीएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाण्डौ पठाउन लागिएको थियो ।

कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ । राजस्वको टोलीले कृष्णका संचालक सुव्रत देलाई पक्राउ गरेको छ । देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो ।

देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको राजस्व कार्यालय इटहरिले जानकारी दिएको छ । कार्यालयका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन् ।

ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन् । राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका संचालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर मञ्जर भागेको अधिकृत लुइँटेलको भनाइ छ । उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ । बरामद गरिएको कपडा अन्दाजी ६ करोड मूल्य बराबरको रहेको भएपनि कपडाका पोका  खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुने राजस्व अनुसन्धान कार्यालय इटहरिले जानकारी दिएको छ।

मोरङमा सशस्त्रका एसपी विश्व बन्दु खड्का गए लगत्तै देखि तस्करी बडेको हो। झापाका कपडा ब्यावसाइलाइ आफै बोलाएर तस्करी गर्न पोरोत्साहन गरेको उनलाइ आरोप छ। डिआजी सम्भु सुबेदि नाताको मान्छे हुन डराउनु पर्दैन भनेर उनी आफै सेटिङ मिलाउने गरेको पाइएको छ। विशेष गरि झापाका ब्यावसाइलाइ आमबारी र  नोचा नाका नै बिसौ लाखमा जिम्मा लगाएको बुजिएको छ। सोही नाकाबाट भित्रीएको कपडा राजस्वले छापा हानेको हो।

हाल मोरङमा आमबारी, नोचा, मटेरुवा, चाहिना गेट(हुलाक छेउ), दरैया, बडङा, रङेली नाका, रानि जस्ता नाकाहरु एसपी विश्व बन्दु खड्काकै पहलमा पचासौलाख लिएर खुलेका छन। उनलाइ तगारो हाल्ने केही सिपाइहरुलाइ मोरङबाट रवाना गरि एकलौटी उनले धन्दा चलाउने गरेको खुल्न आएको छ। विशेष गरि आमबारी नाकाबाट मात्रै दैनिक रातिको समयमा कपडा ३ देखि ४ पिकअप, चिनी २ पिकअप नेपाल भित्रने गरेको छ। त्यस्तै नोचाबाट पनि दैनिक ३ पिकअप कपडा र १ पिकअप खाद्द्यान्न नेपाल भित्रन्छ। तर सरोकार निकाय मौन छन।