काठमाडौं–बझाङको दुर्गाथली गाउँपालिकामा सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । दुर्घटना आज बिहान मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भई नदीमा खसेपछि भएको हो । 

जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर करिब ५० मिटर तल नदीमा खस्दा चालक बुढासहित एक जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ भने घाइतेहरूको उद्धार गरिएको छ । ट्याक्टरको नम्बर र अर्का बेपत्ताको नाम अझै खुल्न बाँकी छ ।