काठमाडौं–बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत ठाकुरबाबा नगरपालिका–१ अम्रनी पोष्ट नजिक विंगर दुर्घटना हुँदा बुधबार १२ यात्रु घाइते भएका छन् । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको से १ज १०२८ नम्बरको विंगर सडकबाट १० मिटर तल खसेको हो ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुदीप खड्काका अनुसार तीन जनाको अवस्था गम्भीर छ भने अन्य सामान्य घाइते छन् । घाइतेहरूको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।