काठमाडौं–गणेशमान सिंहको २७ औं स्मृति दिवस मनाइएको छ । बुधबार बिहान शोभाभगवतीमा छोरा एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले शालिकमा माल्यार्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण योगदानको चर्चा गरेका छन् । १५ वर्षभन्दा लामो जेल जीवन बिताएको सिंहले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका थिए । उपप्रधानमन्त्री सिंहले गणेशमान सिंहलाई प्रजातन्त्रको पुनर्स्थापनामा महत्वपूर्ण नेताको रुपमा स्मरण गरेका छन् । 

सिंह १९९७ सालदेखि राणा शासनको विरोधमा सक्रिय थिए र ०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको निधन २०५४ सालको असोज २ गते भएको थियो । 

OM Sai Pathibhara Hospital

एक फरक प्रशंगमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाउने स्पष्ट पारेका छन् । समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने उनको भनाई थियो ।