काठमाडौं–संविधान दिवसको तयाराीका लागि दरबारमार्गमा सवारी आवागमन रोक लगाइएको छ । संविधान दिवसको अवसरमा दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमको तयारीका लागि स्टेज निर्माण हुँदैछ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ, र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिरहेको जानकारी गराएको छ । सरकारले असोज ३ गतेको संविधान दिवसको मुख्य समारोह सैनिकमञ्च टुँडीखेलमा गर्ने र साँझ नारायणहिटी दरबार अगाडि सांगीतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

यस वर्षको सांगीतिक कार्यक्रममा चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन् । कन्सर्टले नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक महत्वलाई स्मरण गराउँदै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रहरीले भनेको छ, काठमाडौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१।०६।०३ गते आयोजना हुने National Day Concert को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१।०६।०१ गते २०:०० बजेदेखि मिति २०८१।०६।०३ गते २०:०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ ।