काठमाडौं–महोत्तरीको रामगोपालपुर नगरपालिका-५ स्थित चोकबाट अवैध रूपमा ल्याइएको करिब १५० किलोग्राम गाँजासहित दुईजना सोमबार राति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङका संजिप खत्री (३०) र चितवनका एक १८ वर्षीय किशोर रहेका छन्। प्रहरीको टोलीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीमा १० वटा पोकामा लुकाइएको गाँजा फेला पारेको थियो।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१७ स्थित मण्ठा पोखरीबाट करिब १४६ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा धरानका सुक्षिम राई (४५) र देवराज राई (४६) रहेका छन्। को.२ च ७५९ नम्बरको स्कार्पियो गाडीमा लुकाएर ल्याइँदै गरेको गाँजा प्रहरीले जाँचका क्रममा फेला पारेको हो। प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।