काठमाडौं–बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा आज बिहान भएको सडक दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको छ । 

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान सडकबाट करिब ३०० मिटर तल खसेको थियो । घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको छ । अन्य एक पुरुषको पहिचान भने खुलेको छैन ।

OM Sai Pathibhara Hospital

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार, दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धारमा कठिनाइ भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा उद्धार कार्य गरिएको हो । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले उपाध्यक्ष बुढा काठमाडौंबाट फर्कने क्रममा यो दुर्घटना भएको हो ।