काठमाडौं–झापाको अर्जुनधारा नगरपालिका–९ स्थित रीता निरौलाको घरमा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या ८० पुगेको छ । बिरामीहरू शनिश्चरे नगर अस्पताल, बीएण्डसी अस्पताल, र मनमोहन अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । शनिश्चरे अस्पतालमा ७३ बिरामीमध्ये ३९ जनालाई मेची प्रादेशिक अस्पताल रिफर गरिएको छ ।  

प्रसाद खाएर बिरामी भएकामध्ये ५९ जना घर फर्किए पनि पुन: समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। बिरामीको कारण गाउँ प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी, अर्जुनधारा नगर प्रमुख, र प्रहरी अधिकारीहरूले अस्पताल पुगेर अवस्था बुझेका छन् ।  

OM Sai Pathibhara Hospital

सब्जी, रोटी, र अचार खाएका बिरामीहरूमा वाकवाक, बान्ता, झाडापखाला, र उच्च ज्वरो देखिएको छ । बिरामीको निस्शुल्क उपचारको व्यवस्था गरिएको छ ।