काठमाडौं- इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट पुनः उडान सुरु भएको छ । 

केही महिना बन्द रहेको विमानस्थलमा आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए ।

OM Sai Pathibhara Hospital

गत बिहीबारदेखि नै उडान भर्ने भनिए पनि यात्रु नपाएपछि रोकिएको सुन्दासको भनाई छ । उनका अनुसार आज काठमाडौँबाट इलामका लागि छ जना यात्रु गएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर आएको छ ।

इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ ।

दशैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको हो ।