काठमाडौ- ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको आयोजकले दाबी गरेको छ । 

आयोजक कृष्णमूर्तिले आज पत्रकार  सम्मेलन गर्दै कोटिहोममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको दाबीसहित हिसावकिताव सार्वजनिक गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनका अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको छ । 

यस्तै कोटिहोम सन्चालनका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । 

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले जानकारी गराएका छन् । 

‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि ३१ गतेसम्म एक महिना कोटिहोम सन्चालन भएको थियो ।