काठमाण्डौ । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलबाट ५० जनालाई पक्राउ गरेको छ ।

जसमा ५० जनामध्ये २ जना चिनियाँ नागरिक र १ जना फिलिपिनो नागरिक रहेका छन्। ललितपुर महानगरपालिकास्थित जाउलाखेलमा रहेको एक घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले बुधबार राति छापा मारेको थियो ।

OM Sai Pathibhara Hospital

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।