काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी  सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराइने बताएका छन् । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताए । 

उनले सरकारले मन्त्रीपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको समेत बताए । 

उनले भने, ‘खासगरी दुर्गम क्षेत्रमा अहिले अभाव हुन नदिने गरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराएको छ । अहिलेका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक छ । यसको व्यवसायिकता बिस्तार गर्ने र यसले अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालय अवश्यक हेर्नेछ ।’

यस्तै उनले असोज ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिदै चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताए । 

मन्त्री भण्डारीले चाडपर्वका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्न नदिने दाबी समेत गरे । 

मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्ने बताए ।