काठमाडौं–जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि तीन दिनसम्म देशभर वर्षा हुने पूर्वानुमान गर्दै केही स्थानमा भारी वर्षा हुनसक्ने जानकारी दिएको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार‚ मनसुनी वायुको प्रभावले गर्दा नेपालका पश्चिमी क्षेत्रमा विशेष गरी वर्षा बढ्ने सम्भावना छ । 

विभागले गण्डकी‚ लुम्बिनी‚ कर्णाली‚ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहने र बाँकी प्रदेशहरूमा आंशिक बदलीको संकेत गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ । 

OM Sai Pathibhara Hospital

विशेष बुलेटिनमा‚ वर्षाका कारण भू–क्षय‚ बाढी‚ पहिरो‚ र डुबानको जोखिम रहेको जनाइएको छ। मौसमको स्थितिका कारण ठूला र साना नदी नालामा पानीको सतह बढ्न सक्ने र राति समयमा पानी पर्ने सम्भावना बढी रहने छ । यसैले‚ जनजीवन‚ कृषि‚ स्वास्थ्य‚ पर्यटन‚ सडक‚ र हवाई यातायातमा असर पर्नसक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ ।