काठमाडौं–अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ हिलेखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा ९ जना घाइते भएका छन् । लु १ ज ७४६३ नम्बरको जिप छत्रदेवबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । मृतक ६५ वर्षीय रामप्रसाद पन्थी रहेका छन् ।

OM Sai Pathibhara Hospital

अन्य घाइते ९ जनालाई प्राथमिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।