मोरङ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन बसेका छन् ।कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घरमा छाडेको थियो । कार्की घरमा छाडे लगत्तै फेरि फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ निषेधित क्षेत्र बाहिर अनशन बसेका छन ।

उनी विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार दिउँसोदेखि अनशन थालेका थिए । 

OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६९३ क बमोजिम निषेधाज्ञा जारी गरे पनि कार्कीले त्यहि क्षेत्रमा अनसन बसेका थिए ।जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर प्रहरीले कार्कीलाई बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारी स्थित उनको निवासमा लगेर छाडेको थियो । तर कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका छन् ।

अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थकहरु घाइते भएका छन्।