काठमाण्डौ  । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउने नमिल्ने व्यवस्था गरेको छ। 

सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु  कानुनी दृष्टिले पनि अमान्य भएकाले यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको भन्दै सेवाग्राहीको काम प्रभावित भएकोले टिएमएस चलाउन बन्द गरिएको हो ।  अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)  प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र हुनेछ।

OM Sai Pathibhara Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र कार्यलय समसयमा कर्मचारीले टीएमएस चलाउँदा सेवाग्राहीको काममा प्रभावित भएको भन्दै प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेपछि आजबाट बन्द गर्न निर्देशन गएको हो।

जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)प्रतिबन्ध लगाएको हो।